0
३१ असार, काठमाडौं । सरकारले बाहिरी चक्रपथ निर्माणका लागि पहिलो चरणमा तत्कालै काम थाल्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगतको बाहिरी चक्रपथ विकास आयोजनाले चक्रपथको नयाँ नक्सा तयार गरेर अब साउन महिनादेखि नै चक्रपथ निर्माणका लागि काम थाल्न लागेको हो ।
पहिलो चरणमा सतुंगलदेखि गम्चा हुँदै चोभरसम्म नयाँ ट्रयाक खोल्ने तयारी गरिएको उपत्यका पिकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले अनलाइनखबरलाई जानकारी दिए ।
यस रुपमा जग्गा प्राप्तीको प्रक्रियामा असहमति भएकाहरुको गुनासो र उजुरी लिन काम अहिले आयोजनाले गरिरहेको छ । अहिलेसम्म आफ्नो जग्गा आयोजनामा पर्दा समस्या हुने भन्दै ५ जनाले उजुरी दर्ता गराएका छन् ।
‘पहिले विरोध बाहिरी चक्रपथ निर्माणका असहमति जनाउनेहरु पनि अहिले जग्गा दिन तयार भएका छन्’ तिवारीले भने-‘त्यसैले पहिलो चरणमा हामीले जग्गा प्राप्तीको काम अघि बढाएका छौं ।’
गुनासो सुनुवाइपछि प्रस्तावित रिङरोडभित्र पर्ने जग्गाको किनबेच बन्द गराइने छ । त्यसलगत्तै नयाँ ट्रयाक खोल्नेसहित वस्ती विकासको पूर्वाधार बनाउने काम सुरु हुनेछ ।
सरकारले उपत्यकाका तीनै जिल्लालाई जोड्ने सरकारले बाहिरी चक्रपथको अवधारणा ११ वर्षअघि नै तयार पारेको थियो । तर, अब भने चक्रपथ निर्माण्का लागि प्रक्रिया अघि बढेको छ ।
के हो बाहिरी चक्रपथ ?
यसअघि ७२ किमीको लम्बाईको हुने गरी प्रस्ताव गरिएको बाहिरी चक्रपथ अब पहिलभन्दा केही परिवर्तन हनुेछ । पहिले परिरकल्पना गरिएभन्दा अब बन्ने चक्रपथ केही छोटो दुरीको हुनेछ ।
यसअघि काठमाडौंमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी रहने गरी आयोजना प्रस्ताव गरिएपनि अब विभिन्न क्षेत्रलाई कटाएर चक्रपथ अझ वैज्ञानिक तवरले बनाउने सोचमा प्राधिकरण छ ।
बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुबै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रीनरी बेल्ट सहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्रयाकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।
जग्गा विकास आयोजनाका शाखा अधिकृत ध्रुब सापकोटाका अनुसार चक्रपथको दायाँबायाँ २५०/२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित वस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पुर्वाधारहरु आयोजनाले बनाइदिनेछ । यसरी सडक आसपास जग्गा विकास गर्दा अहिले २ लाख रुपैयाँ आना पर्ने सडक क्षेत्रमा पर्ने जग्गाको मोल उच्च हुने र यसबाट स्थानीयलाई बढी फाइदा हुने उनले बताए ।
सडक आसपासमा आयोजनाले सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ । निर्माण अवधिभर जग्गा आयोजनाले रोक्का गरेर निर्माणपछि सम्बन्धित धनीलाई जग्गामा वस्ती विकासको पूूर्वाधारसहित हस्तान्तरण गर्नेछ ।
अधिग्रहण नगरिने
आयोजनाले बाहिरी चक्रपथ निर्माण गर्दा एक रुपैयाँ पनि मुआब्जामा खर्च गर्नेछैन । अहिले चलिरहेको जग्गा अधिग्रहण गर्ने प्रक्रिया यसमा अवलम्बन गरिने छैन । बाहिरी चक्रपथ खोल्न लागिएका क्षेत्रमा जग्गा दिने स्थानीयलाई सडकले नै ठूलो फाइदा दिने भएकाले उनीहरुलाई जग्गामा योगदान गर्न लगाइएको छ । अधिकांश जग्गा दिन तयार पनि भएको प्राधिकरणको दाबी छ ।
आयोजनाले चक्रपथसँगै ५ सय मिटर जग्गा एकीकरण गर्ने भएकाले यसले स्थानीयलाई धेरै लाभ मिल्नेछ । निःशुल्क जग्गा सडकका लागि दिँदा स्थानीयले चक्रपथ र जग्गा एकीकरणको कुल लागतका ८ प्रतिशत मात्रै योगदान सरकारलाई दिनेछन् 

Post a Comment

 
Top