0
मोनिटरमै सबै हार्डवेयर जडान भएका कम्प्युटर नेपाली बजारमा भित्रिएका छन्। एमएसआई कम्पनीका यस्ता कम्प्युटर बजारमा आएका हुन्। एमएसआईले बनाएका मोनिटरमा सिपियु, डिभिडी ड्राइभलजडित दुई मोडेल नेपाल भित्रिएका छन्। ओसन कम्प्युटरले राजधानीमा यस्ता कम्प्युटरको बिक्री सुरु गरेको छ। ‘अल इन वान वाइन्ड टप’ भनिने यी कम्प्युटर प्रयोगकर्तामैत्री र अत्याधुनिक भएको ओसनका प्रबन्धक सुरेश कायस्थले बताए। ‘यसले बिजुली पनि कम खपत गर्छ,’ उनले भने, ‘ठाउँ एलसिडीले भन्दा पनि कम ओगट्छ।’ बजारमा उपलब्ध एलसिडी मोनिटरयुक्त कम्प्युटरमा पनि सिपियु छुट्टै जोड्नुपर्ने भएकाले ठाउँ धेरै ओगटिने तर यसमा यस्तो समस्या नहुने बिक्रेताको दाबी छ। एमएसआइका ‘एइ-२०२०’ र ‘एइ-१९००’ मोडेलका वाइन्ड टप कम्प्युटरको बजारमा आएका हुन्। ओसनले १ वर्षे वारेन्टीका साथ दुवै मोडेल बिक्री सुरु गरेको छ। नेपाली बजारमा ‘एइ-२०२०’ को ५९ हजार ५ सय र ‘एइ-१९००’ को ४६ हजार ५ सय मूल्य पर्छ। टचस्क्रिनयुक्त यी कम्प्युटरमा माउस र किबोर्ड मात्र जोडे पुग्छ। ‘टचस्क्रिन भएकाले माउस पनि नजोडी सामान्य काम गर्न सकिन्छ,’ कायस्थले भने।

Post a Comment

 
Top