0
असार १९, काठमाडाैं । ललितपुर घटना स्कुल प्रशासन र प्लटिङ कम्पनीबीच भएको लापरबाहीले घटेको सभासदहरूले आरोप लगाएका छन् । 
आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले ललितपुरको विद्यालयमा भएको घटनामा स्कूल प्रशासन तथा जग्गा प्लटिङबीच भएको सहमतिका आधारमा भएको कामकारबाहीमा लाहप्रवाहीले कारण घटेको बताएका छन् । उनले यस विषयमा सरकारले तत्काल छानविन गरी दोषीमाथि कारबाही र पीडितका लागि क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । साथै उनले देशभरका स्कूलको भौतिक संरचनास्थितिबारे समयमा नै ध्यान दिन र आवश्यक सतर्कता अपनाउन माग गरेका छन् ।

Post a Comment

 
Top