0
फलेवास (पर्वत), ११ साउन । आव २०७२÷७३ मा नागरिकताको प्रमाणपत्रभन्दा राहदानी लिनेको सङ्ख्या ४२ प्रतिशतले बढेको छ ।
सो आवमा चार हजार ५९४ जनाले नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ हजार ५२० जनाले राहदानीको प्रमाणपत्रका लागि फारम बुझाएका थिए । फाराम बुझाएका मध्ये पाँच हजार ५९९ जनाले राहदानी लिइसकेका छन् । दोब्बर शुल्क तिरेर एक हजार ९१६ जनाले तथा तीन हजार ८५१ जनाले जिल्लाबाटै राहदानी लिएका सहायक प्रजिअ प्रवीण ढकालले जानकारी दिनुभयो ।
गत आव २०७१÷७२ मा आठ हजार ७४६ जनाले राहदानी लिएका थिए । राहदानी वितरणबाट रु दुई करोड ३९ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । तथ्याङ्कअनुसार जिल्लाबाट भारतबाहेक विश्वका अन्य मुलुकमा जानेको सङ्ख्या २३ हजार नाघेको छ । जिललमा अहिलेसम्म एक लाख ५१ हजार १३० जनाले नागरिकता लिएको तथ्याङ्क छ । रासस

Post a Comment

 
Top