0
कहिलेकाँही हामीले भुल्ने गर्छौँ कि हामीले प्रयोग गरिरहेका र गर्न सक्ने पदार्थ भित्र कति महत्वपूर्ण कुरा लुकेको हुन्छ । हामीले साधारण रुपमा खाने कुरामा कति लाभदायी तत्व लुकेको हुन्छ ? त्यो अनुमाननै गर्दैनौँ र गरेर पनि के साध्य ? तर आज हामी तपाईँलाई त्यस्तै पदार्थको भित्र लुकेको तत्वको बारेमा जानकारी दिनेछौँ । त्यो पदार्थ हो स्याउ ।
यूएसडीएले करीब एक सय प्रकारका खानामा गरेको परीक्षण अनुसार एन्टि अक्सिडेन्टको मात्राको आधारमा स्याउ १२ औँ स्थानमा पर्न सफल भएको थियो । एन्टिअक्सिडेन्ट रोगसंग लड्न चाहिने पदार्थ हो । यो बाहेक स्याउमा प्रसस्त पाइने ‘प्याक्टिन्’ नामक फाइबर पनि शरीरको लागि धेरै नै फाइदाजनक मानिन्छ ।
apple
अन्य फाइदाहरु : 
सेतो र स्वस्थ दाँत :  स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।
एल्जाइमर हुन दिदैन : स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ ।
डायबीटीज हुन दिदैन : हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।
कोलेस्टेरोल घटाउँछ :  स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।
स्वस्थ मुटु :  स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ ।
पित्तथैलीको पत्थरी :  पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।
झाडा पखला तथा कब्जियत : स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।
तौल नियन्त्रण : धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
कलेजोको शुद्धिकरण :  शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।
रोेगप्रतिरोधात्मक क्षमता : स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

Post a Comment

 
Top