0

काठमाण्डु, २ कात्तिक– नेपालीले केही समयभित्रै युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् ।
नेपाल आयल निगमले युरो फोर मापदण्डको इन्धन (डिजेल, पेट्रोल) भारतबाट ल्याउने तयारी गरेको छ ।
यसका लागि दुई मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको छ । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्राउँदै आएको छ ।
युरो फेर अत्यन्त न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्ने विशेषता भएको इन्धन हो ।
निगम र इन्डियन आयल कर्पोरेसनबीच यही असोज पहिलो साता मुम्बईमा सम्पन्न द्विपक्षीय व्यापार सम्झौता नवीकरणसमबन्धी पूर्वतयारी बैठकमा युरो फोर मापदण्डको इन्ध नेपाललाई उपलव्ध गराउने विषयमा सैद्धान्तिक सहमति भएको हो ।
source: अन्नपूर्ण पोस्ट 

Post a Comment

 
Top