0
ping२६ असोज, बर्दिया । पिङ खेल्ने विषयमा विवाद हुँदा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् ।
बर्दियाको शिवपुर गाविस वार्ड न २ मोहनपुर निवासी १८ वर्षीय पुरन वुढा घाइते भएका हुन् ।
वुढालार्इसोहि गाविस वार्ड न १ मोतिपुरका १९ वर्षीय विकास मिजारले पिङ खेल्ने विषयमा विवाद भएपछि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय भुरिगाउ बर्दियाले जनाएको छ ।
खुकुरी प्रहार बाट वुढाको टाउको गहिरो चोट लागेको छ । उनको अहिले कोहलपुर मेडिकल कलेज बाकेमा  उपचार भैरहेको प्रहरीेले जनाएको छ । खुकुरी प्रहार गर्ने विकास मिजारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
Source: onlinekhabar

Post a Comment

 
Top