0
एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, या प्राकृतिक । यहाँ त्यस्ता १० वटा गहिरा खाल्डोहरु छन्, जुन धेरैजसो दक्षिणी भुभागतिर अवस्थित छन् ।



१. विङ्हम क्यानोन : दक्षिण पश्चिमी युटा क्षेत्र अमेरिकामा रहेको विङ्हम क्यानोन विश्वको सबैभन्दा गहिरो खाल्डो हो । यसको गहिराई १.२ किलोमिटर रहेको छ भने चौडाई २.५ माइल रहेको छ । १९०६ मा यस खाल्डोबाट सबैभन्दा बढि १७९,३१७ पाउण्ड कपुर निकालिएको थियो । २७९,२०० पाउण्ड सुन निकालिएको थियो भने २.४ करोड चादि निकालिएको थियो ।`



२. चेक्इक्यामेटा कपुर खाल्डो : चिलीमा रहेको यो खाल्डोको गहिराइ ८५० मिटर भन्दा बढि छ । यस खानीबाट कपुर उत्पादन गरिन्छ । उक्त कपुर खानी चिली सरकारको लगानीमा सञ्चालीत छ । २०११ मा ४४३,००० पाउण्ड कपुर उत्पादन गरिएको थियो ।



३. निलो छिद्र : आइसल्यान्डमा अवस्थित यसको गहिराइ ६५० मिटर भन्दा छ । यो छिद्र समुद्री पानी मुनी रहेको छ । पानीमाथीबाट देखिने व्यास भने ८२ देखि ११५ फिट रहेको छ ।





४. डायमोन्ड खाल्डो : यो विश्वको सबैभन्दा लामो खाल्डो हो । यसको गहिराइ ५२५ मिटर छ भने १२०० मिटर व्यास रहेको छ । यो रसियामा अवस्थित छ । २०११ सम्ममा यस खानीले १० लाख क्यारेट हिरा उत्पादन गरेको थियो ।





५. डायविक खाल्डो  : २००३ मा खुल्ला गरेको यो खाल्डो क्यानडामा पर्दछ । हरेक वर्ष यस खानीबाट १.६०० किलोग्राम हिरा उत्पादन गरिन्छ ।




६. विग होल  : विश्वास गर्नै गाह्रो ७०० फिट गहिराइ र १,५१९ फिट चौडाइ रहेको यो खाल्डो मानव निर्मित हो । जुन दक्षिण अफ्रिकामा रहेको छ । यसबाट पनि हिरा निकालीन्छ ।





७. डोर टु हेल : प्राकृतिक ग्यास उत्पादन गर्ने यस खाल्डोमा १९७१ द्येखि निरन्तर रुपमा आगो बलिरहन्छ । यसको चौडाइ २३० फिट रहेको छ भने ६६ फिट गहिरो छ । डोर टु हेल काराकुम मरुभुमिमा रहेको छ ।




८. बटमलेस खाल्डो, क्यालीफोर्निया  : मनव निर्मित विश्वको सबैभन्दा लामो पानीको ड्याम हो । जुन क्यालीफोर्नीयामा रहेको छ । यो १९५३ देखि १९५७ मा निर्माण गरिएको थियो । जसको गहिराइ २८० फिट रहेको छ भने २२ मिटर चौडाइ छ ।


९ ओपेन पिट , अष्ट्रेलीया : खुला डायमोण्ड खानी १९५७ मा निर्माण गरिएको थियो । यस खानीबाट हरेक वर्ष १० लाख क्यारेट हिरा उत्पादन गरिन्छ । जुन ५२५ मिटर गहिरो छ भने १२०० मिटर चौडा छ ।



१०. ग्य्रासवर्ग : इन्डोनेसियामा अवस्थित यो खाल्डो विश्वको सातौ गहिरो खाल्डो मध्येमा पर्दछ । जुन विश्वकै लामो सुन भएको खानी भनेर चिनीन्छ । यो ५५० मिटर गहिरो छ । २०१२ मा ८६२,००० पाउण्ड सुन उत्पादन गरेको थियो ।

Post a Comment

 
Top