0

स्वास्थ्यलाई के असर गर्छ ? कार्बाइड राखेको कसरी चिन्नेे ?

२३ असोज, काठमाडौं । दशैंका लागि केरा किन्दै हुनुहुन्छ ? कि किनिसक्नुभयो ? कार्बाइड हालेर पकाइएका केरा पनि बजारमा छन् भन्नेमा होस पुर्‍याउनुहोला ।
केरामा गरिने कार्बाइड प्रयोगबारे उपभोक्ता खासै सचेत छैनन् । दशैंको समयमा केरा कोसेली लैजानदेखि पुजाआजा र खानपानमा पनि उत्तिकै प्रयोग हुन्छ । खानपानमा प्रयोग गििरने केरा कार्काइडयुक्त भए त्यसले फाइदाको सट्टा उल्टै हानी गर्न सक्छ । केरा किन्दा धेरैलाई कस्तो किन्ने भन्ने जानकारी नै हुँदैन ।
विष राखेर पकाइएका जफत गर्न सरकारी निकाय सक्रिय नहुँदा रातारात कार्बाइडबाट काँचो केरालाई पहेँलो बनाउनेहरुलाई सहज छ । त्यसैले उपभोक्ता नै यसमा सचेत हुनुपर्ने खाद्यविद्हरु बताउँछन् ।
गोदाममै कार्बाइड प्रयोग गरेर सफा गरी बिक्री गर्न बजारमा ल्याउने भएकाले अखाद्य वस्तु प्रयोग भएको हो हैन उपभोक्ताहरुले थाहै पाउन सक्दैनन् ।
काबाईड प्रयोग गरिएका फलफूल जाच गर्ने उपकरण नहुँदा सीमा क्षेत्रमा रहेका कृषि क्वारेन्टाइनहरुले पनि हानिकारक प्रयोग भएर आएका फलफूल हुन/होइनन् भनेर छुट्याउँदैनन् । जसले गर्दा खुलेआम अखाद्य वस्तु र विषादी प्रयोग भएका खाद्य वस्तु नेपाल भित्रिरहेका छन् ।
banana
कालो-कालो दाग लागेको केरा नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त केराबाट बच्न सकिन्छ । प्राकृतिक रुपमै पाकेको केरा सबैतिर एकनासको हुन्छ । रसायनरहित केरा भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता केरा थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ ।
जबकी रसायन तथा विषाक्तयुक्त केरामा जताततै कालो-कालो थोप्ला देखिन्छ । यस्ता केरा कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ । हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै-कुनै केरा त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।
अझ अधिक मात्रामा औषधि प्रयोग गरिएको केरा हरियो हुँदै किन्दा समेत किनेको एक/दुई दिनभित्रै कुहिन सुरु गर्छ । यस्ता केराको गन्ध पनि कडा हुन्छ । कसै कसैलाई यसको कडा गन्धले वाकवाकी नै लाग्न थाल्छ । विभिन्न लक्षणका बाबजुद यस्ता केरा खानाले घाँटी चिलाउने, कोक्याउने लगायतका समस्या देखा पर्छन् ।
केरा वा त्यसको भेट्नोमा अप्राकृतिक कालो दाग छ भने त्यसले कार्बाइड हालेको संकेत दिन्छ । हेर्दा पहेलो, खाउँ-खाउँ लाग्ने भएपनि विषधियुक्त केरा पनि छाम्दा अस्वभाविक र कम बासनादार हुन्छन्  । त्यस्तो हुनुको कारण कार्बाइड हो कि भने शंका गर्नुपर्छ ।
कति हानिकारक ?
मुसामा गरिएको एक अनुसन्धानले कार्वाइडको सेवनले फोक्सो र मिर्गौलामा धेरै नकारात्मक असर पर्छ । क्याल्सियम कार्बाइडले पानीसँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास बनाउँछ, जसले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा असन्तुलन हुन जान्छ ।
मस्तिष्कमा अक्सिजनको मात्राको कमी हुँदा टाउको दुख्ने, आँखा धमिलो देखिने, रिँगटा लाग्ने, बोली लर्बराउने, सास फेर्न समस्या हुनेजस्ता असर देखिने चिकित्सकहरु बताउँछन् ।
क्याल्सियम कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । गर्भवति महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने सम्भावना हुने क्यानेडियन वैज्ञानिकहरुले गरेको एक अध्ययनले देखाएको छ ।
कार्बाइडले शरीरमा भएको पानीसँग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउँछ, जसबाट श्वास नली, घाँटी, आँखा र छालामा धेरै खालका समस्या देखा पर्छन् । धेरै मात्रामा खाँदा यसले आँखा पोल्ने, पाक्ने गराउनुका साथै अन्धो पनि बनाउन सक्ने विज्ञहरु बताउँछन् ।

Post a Comment

 
Top