0
केनटकी – पूरानो सामसुङ ग्यालेक्सी नोट सेभेनमा समस्या देखिएपछि त्यसलाई फिर्ता लिएर दिइएको नयाँ फोन पनि विमान भित्र पड्किएको छ । कम्पनीले नयाँ फोन र सुरक्षित भएको दाबी गरे पनि नयाँ नोट सेभेन साउथवेस्ट एयरलाइनको विमानमा पड्किएको बिबिसीले उल्लेख गरेको छ ।

एयरलाइनले पनि केन्टनकीको लुइसभिलदेखिे बाल्टिमोरको मेरिल्याण्डसम्म उड्न पर्ने प्लेन घटनापछि खाली गराइएको पुष्टि गरेको छ ।

गत अगस्तमा मात्र लञ्च गरिएको नोट सेभेन ब्याट्री तातेर पड्कन थालेपछि गत सेप्टेम्बरमा कोरियाली निर्माता कम्पनीले सबै नोट सेभेन स्मार्टफोनलाई फिर्ता गर्न आग्रहको थियो । त्यसपछि सामसुङले समस्या पत्ता लागेको र त्यो समाधान भएको भन्दै नयाँ फोनको बिक्री पुनः शुरु पनि गरेको थियो ।

सामसुङले पछिल्लो घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

‘हामीले यस विषयमा साउथवेस्ट र सम्बन्धित अधिकारीहरुसँग कुरा गरेर उक्त फोनलाई झिकाएर अनुसन्धान गर्नेछौं र यसको कारण पत्ता लगाउनेछौं,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

फोनका मालिक जोर्डन गोल्सनले उक्त फोन आफूले २१ सेप्टेम्बरमा किनेको बताए । उनका अनुसार उक्त फोन बन्द गरेर गोजीमा राख्दा तात्न थालेपछि उनले फोनलाई भुइँमा फालेका थिए । लगत्तै फोनबाट धुँवा आउन थालेको थियो । त्यसपछि प्लेनबाट सबै यात्रुलाई निकालिएको थियो ।

साउथवेस्ट एयरलाइन्सका प्रवक्ताका अनुसार एक यात्रुले आफ्नो विद्युतीय सामाग्रीबाट धुँवा आइरहेको बताएपछि सबैलाई यात्रुलाई मेन क्याबिनबाट सुरक्षितरुपमा विमानबाट निकालिएको थियो ।

यसअघि अमेरिकाको उड्ययन प्राधिकरणले नोट सेभेन फोनहरु प्लेनमा चार्ज नगर्न र बन्द गर्न निर्देशन जारी गरेको थियो ।

Post a Comment

 
Top