0

आश्विन २३, २०७३-
बडादसैँ अन्तर्गत आज महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेकी छिन् । 


राष्ट्रपति भण्डारीले आइतवार साँझ नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा र नरदेवी पुग्नुभई दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरिन् ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । 

बडादसैँको आठौँ दिन आइतवार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो । 

त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आइतवार भगवतीको पूजाअर्चना गरिएको छ ।
तस्विर : रत्न श्रेष्ठ/रासस ।​

Post a Comment

 
Top