0
सुनको कार । सुन्दैमा मन रोमान्चित हुन्छ । हामीलाई त देख्नुपनि छैन, चढ्नु त परैको कुरा । तर युएइको दुबइका मानिसहरुले चाहीँ कम्तिमा सुनको कार देख्न चाहीँ पाएका छन् ।


दुबइमा भएको अटो प्रदर्शनी, अटोमेकानिका दुबइ २०१६ मा सुन लेपन गरिएको कार प्रदर्शनीमा राखिएको छ । गडजिला नामको यो कारको मूल्य चाहीँ १० लाख अमेरिकी डलर तोकिएको छ ।


निसान कम्पनीको च्घछ न्त्-च् मोडेलको यो कारलाई स्पोर्ट तथा रेसिंगका लागि कारलाई कस्टमाइज गर्ने कुहल रेसिंग कम्पनीले प्रदर्शनीमा राखेको हो ।

यो कार कलाकार, कुहल रेसिंग तथा मुख्य डिजाइनर ताकाहिको इजावाको संयुक्त प्रयास वा सहकार्यको नतिजा हो ।

निसानको नयाँ मोडेलको वास्तविक कारमा सुन लेपन गरेर तयार पारिएको यो कारका फिचरहरु च्घछ न्त्-च् मोडेलका अन्य कारका जस्तै हुन् । निसानको यो मोडेलको कार विश्वमा अहिले नम्बर वान सुपरकारका रुपमा रहेको छ ।

Post a Comment

 
Top