0

साउन ११ – असावधानी वा सावधानी अपनाउँदा पनि स्मार्टफोन खसेमा त्यसबाट हुने नोक्सानी आउँदा दिनमा कम हुने भएको छ । ग्लास मेकिंगको एक्सपर्ट कम्पनी कोर्निंगले आफ्नो गोरिल्ला ग्लासको नेक्सट जेनरेशन लन्च गरेको छ । कोर्निंगले गोरिल्ला ग्लास ५ सर्वाजनिक गरेको हो । यो ग्लास लगाएको मोवाइलमा गएमा पाँच फिट उचाइबाट झरेपनि नफुट्ने सम्भावना ८० प्रतिशत छ । गोरिल्ला ग्लास ७० प्रतिशत स्मार्टफोनमा प्रयोग हुने गरेको छ । विश्वभर मर्मतका लागि आउने स्मार्टफोनको सबै भन्दा ठूलो समस्या भनेको स्क्रिन फुट्नु हो । 
कम्पनीले पत्रकारहरुलाई बोलाएर गोरिल्ला ग्लासलाई पाँच फिट अर्थात १.६ मिटर माथिबाट खसाएर प्रदर्शन गरेको थियो । अहिले बजारमा रहेका गोरिल्ला ग्लासको तुलनामा नयाँ ग्लासमा कोरिने तथा फुट्नबाट जोगिने सम्भावना दुई गुणा बढी छ ।
ग्लासको क्षमता स्मार्टफोनको डिजाइन अनुसार फिट गराउँदा केही कम हुने सम्भावना भने रहने कम्पनीका उपाध्यक्ष तथा महाप्रवन्धक जोन बेनले बताएका छन् । 

– स्रोत : बिबिसी हिन्दी 

Post a Comment

 
Top