0
नवलपरासी, साउन  ११ – लगातार वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले भारतीपुरको फुलमादी खोला लघुजलविद्युत आयोजना डुबाएको छ । भारतीपुरका बासिन्दा डोलराज रानामगरका अनुसार कालीगण्डकी नदीको भङ्गालो फुलमादी खोलामा पस्दा लघुजलविद्युत डुबाएको हो । 
जिल्ला विकास समिति र गाउँलेको ५० लाख रुपैयाँको लागतमा बनेको साढे ६ किलोवाट लघुजलविद्युतले १ सय ५० घरधुरीमा बिजुली पुगेको थियो । ‘टर्वाइन नै डुबाएपछि बिजुली बत्ति बल्न छाडेको छ’ रानाले भन्नुभयो । भारतीपुर लघुजलविद्युत योजनाले भारतीपुरको ढाँसी, उदयपुर र भारतीपुर गरी तीन वटा बडामा सजिलो भएको थियो ।
कालीगण्डकी नदीमा यस पटक आएको बाढी यस बर्षकै ठूलो भएको डेढगाउँका उज्वल ओझाले बताउनु भएको छ । 

Post a Comment

 
Top