0
काठमाडौं, साउन ११ – मंगलबार दिरहाम, रियाल, रिंगिट, दिनार लगायतका विदेशी मुद्राको सटही दर बढेको छ। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७८ पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र विक्रिदर २९ रुपैयाँ ६४ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ २२ पैसा र विक्रिदर २९ रुपैयाँ ३९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४० पैसा र विक्रिदर २६ रुपैयाँ ५५ पैसा तोकेको छ। 
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ। एक कुवेती दिनारको एकको खरिददर ३ सय ५४ रुपैयाँ ६५ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८४ रुपैयाँ ४५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।  

Post a Comment

 
Top