0
११ साउन, काठमाडौं । चीनले नेपालको आन्तरिक परिस्थितिमा आउने  परिवर्तनले दुई देशको सम्वन्धमा कुनै असर नगर्ने बताएको छ ।
नेपालमा सरकार परिवर्तनको प्रयाससँगै चीनसँग भएको सम्झौतालाई लिएर चिन्ता व्यक्त भइरहेको बेला बेइजिङको यस्तो वक्तव्य आएको हो । साथै उसले नेपालमा सबै राजनीतिक देशले देशको हितलाई पहिलो प्राथमिकता दिने विश्वास व्यक्त गरेको छ ।
चीनको विदेश मन्त्रालयले नेपालका सबै राजनीतिक दलहरु देशमा विकास र विकासमा समर्पित गर्ने आशा व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
नेपाल र चीन सुख र दुःखमा एकसाथ रहेको भन्दै चीनले भनेको छ, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिहरुमा परिवर्तन आएपनि नेपाल र चीनबीचको सम्वन्ध र आपसी हितका लागि हुने सहकार्यमा कुनै परिवर्तन आउने छैन ।’

Post a Comment

 
Top