क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी तथा एक अनलाइन शुक्रकिट ब्यांकद्वारा गरिएको अध्ययनबाट यस्तो खुलासा भएको हो । अध्ययन अनुसार महिलाहरुको पहिलो रोजाइमा यस्ता पुरुषको शुक्रकिट पर्दछ जो बुद्धिमान हुन्छ, लजालु हुन्छ, ठण्डा दिमागले चिन्तन मनन गर्न सक्छ र छिटो रिसाउँदैन ।
शोधकता प्रोफेसर स्टिफेन व्हाइटका अनुसार स्पर्म ब्यांकमा शुक्रकिट दान गर्नका लागि आउने पुरुषहरु मध्ये लजालु पुरुषहरुको माग सबैभन्दा बढि छ ।
यो अध्ययन २३ देखि ६६ वर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको थियो । अनलाइन सर्भेका क्रममा समाजको मतलब नराख्ने तथा स्वार्थी र रिसाहा पुरुषहरुको शुक्रकिट लिन महिलाहरुले ठाडै अस्विकार गर्ने गरेको पाइयो । अध्ययनका क्रममा अस्ट्रेलिया, क्यानडा, बेलायत, इटाली, स्विडेन तथा अमेरिकाका महिलाहरुलाई सहभागी गराइएको थियो ।
Post a Comment
Post a Comment