0
भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब गठन हुने नयाँ सरकारमा पनि नेमकिपा सहभागी नहुने बताएका छन्।
रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेमकिपा प्रतिपक्षमै बसेर सरकारको कामको समर्थन या विरोध गर्ने बताए।


ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीले समर्थन गरेको बताउँदै बिजुक्छेले भने, “नेमकिपाले अब बन्ने सरकारले गर्ने कामका आधारमा समर्थन गर्ने या नगर्ने निश्चित हुन्छ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले सकारात्मक काम गरेकाे चर्चा गर्दै उनले अब बन्ने सरकारले पनि देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए। रासस

Post a Comment

 
Top