0
 
खोजी भैरहेको छ एकजना सुशील, सभ्य तथा पढेलेखेकी आमाको । हो, आजसम्म दुनियामा विभिन्न दम्पत्तिहरुले बच्चाबच्चीलाई धर्मसन्तान बनाएको त देखिएको थियो तर यो सायद पहिलो घटना हुनसक्छ जहाँ कोही मानिस आफ्नो लागि आमाको खोजी गरिरहेको छ ।
यो घटना चीनको हो । जहाँ एक ३२ वर्षी य पुरुषले एक आमा ग्रहण गर्न चाहन्छन् ।
उनले आफ्नो लागि आमा बन्न लायक महिलाका लागि झण्डै दुइ करोड रुपैयाँ बराबरको रकम समेत दिनेछन् ।
उनको अनौठो खोजी यत्तिमा मात्र रोकिनेवाला छैन । धर्ममाता स्विकार गर्नका लागि उनले एउटा शर्तको सूचि पनि बनाएका छन् । जसमा उनले आफ्नी हुनेवाला आमाका कतिपय योग्यताहरु तोकेका छन् ।
आमा बन्न चाहनेहरु कम्तिमा ५७ वर्षका हुनैपर्नेछ । साथै सुशिक्षित, रक्सी नपिउने तथा विदेश यात्राको राम्रो अनुभव भएका हुनुपर्नेछ ।
आमाको खोजीगर्ने ती पुरुषका कतिपय तस्वीरहरु इन्टरनेटमा सार्वजनिक भएका छन् । तस्वीरमा उनी सिचुआन प्रान्तको फांगहु पार्कमा उभिएको देख्न सकिन्छ ।
तस्वीरमा एक हातमा उनले आफ्नो फोन नम्बर र अर्को हातमा पुरस्कार राशीको बारेमा जानकारी तथा आमा हुनेहरुका लागि योग्यताको सूचि बोकेका छन् ।
आमालाई ग्रहण गर्ने कुरा विश्वसनीयता तथा सहूलियतमा निर्भर हुने उनले बताएका छन् । एजेन्सीको सहयोगमा

Post a Comment

 
Top