0
Image result for दसैंका लागि अग्रिम टिकट बुकिङउपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसौमा घर फर्कन चाहनेहरुका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।


गोङ्गबु नयाँ बसपार्क, बालाजु, चाबहिल, जोरपाटी, साखु, बनेपा, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की र पुरानो बसपार्कबाट अग्रिम टिकट बुकिङ गर्न पाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । 
ढिला गरी खुल्ला गरिनु र दसैंका लागि यातायात व्यवसायीले नया गाडी नथप्ने जनाएकाले यसपटक काठमाडौंबाट घर जान चाहनेहरुले अझ धेरै सास्ती खेप्नुपर्ने देखिएको छ । यातायात क्षेत्रका लागि सरकारको उचित दृष्टिकोण नआएको भन्दै उत्साहित बन्न नसकेका व्यवसायीले दसैंका लागि भनेर नया गाडी नथप्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष खनालले बताए । 

Post a Comment

 
Top