0
Image result for नारायणगढ–मुग्लिन सडकमा
काठमाडौंलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा दसैँको बेला यात्रा सहज बनाउने तयारीका साथ काम भइरहेको छ । सोमबारसम्म सडक ग्रेडिङ गरेर गाडी सहज रुपमा दुईतर्फी नै आवत जावत गर्न सक्ने जनाएका छन् । सडकमा भएको खाडल पुरीसकेको बताउँदै १० गतेसम्ममा ग्रावेलिङ गरेर ११ गतेपछि दुईतर्फी नै गाडी आवत जावत गराइने  उडहिल लामा निर्माण कम्पनीका व्यवस्थापक रविन्द्र श्रेष्ठले बताउनुभयो । 


नारायणगढ–मुग्लिन सडक खण्डको १२ स्थानमा ठूलो पहाड काटिएको छ । ११ ठाउँमा ठूला पहिरोको जोखिम रहेकोमा १० ठाउँका पहिरोको व्यवस्थापन भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । जोखिम रहेको क्षेत्रमा जोखिमको जानकारी दिन संकेत बोर्ड राख्ने लगायतका काम भइरहेको छ ।

देशको प्रमुख राजमार्गमा सवारी चाप बढेकाले कुनैपनि हालतमा सडक यात्रा सहज बनाउनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले दसैँको अवसरमा हजारौँ यात्रु आवत जावत गर्ने नारायणगढ–मुग्लिन सडक सञ्चालनमा क्रियाशिल हुन सबै पक्षलाई आग्रह गर्नुभएको छ । ‘सहज यात्राका लागि जे गर्दा हुन्छ त्यो गर्नु प~याे’ प्रजिअ सिंहले भन्नुभयो ‘असोज ११ गते पछि बाटोको नियमित अनुगमन गर्छौं ।’

Post a Comment

 
Top