0
futauneकाठमाडौं – मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टी फुटको हल्ला हाललाई सेलाएको छ । फोरम नेपाल लोकतान्त्रिकको कार्यालयमा असोज १७ गतदेखि १९ गतेसम्म बसेको संसदीय दलको बैठकपछि विभाजनको चर्चा सेलाएको छ, तर सम्भावना अझै टरेको छैन ।
पार्टी फुट्ने चर्चा चलेपछि तीन दिनसम्म बसेको बैठकमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले विभाजनको बारेमा सबैसँग एक–एक गरी सोधेका थिए । जा–जोमाथि शंका थियो, सबैलाई उनले सोधे ।
यसअघि पार्टी विभाजनमा सबैभन्दा धेरै चर्चा पार्टीका उपाध्यक्ष जितेन्द्र देवको आएको थियो । तर, बैठकमा भने पार्टी फुटाउन लागेको भन्दै अर्कै व्यक्तिको नाम आयो, त्यो नाम थियो डा.सुवोध पोखरेलको ।
तीन दिनसम्म चलेको बैठकमा संसद्हरुसँग एक–एक गरि सोध्दा धेरैले डा. पोखरेल संसदहरुको घर–घर गएको कुरा बाहिर ल्याए । बैठकमा सुवोध पोखरेलको चर्चा हुन थालेपछि जितेन्द्र देव पनि चोखो भने रहेनन् ।
बैठकमा सहभागि एक सांसदका अनुसार पार्टी विभाजनको खेलमा सुवोधलाई चलाउने काम जितेन्द्र देवले गरेको कुरा बैठकबाटै खुलासा भयो । जितेन्द्र देवले प्लान गर्ने र त्यही प्लान अनुसार सुवोधले काम गरेको पनि कुरा उठ्यो ।
बैठकमा सहभागी एक नेताका अनुसार सांसदहरुले पार्टी विभाजनको कुरा पत्रपत्रिकामा आउँदा त्यसमा जितेन्द्र देवको नाम किन आएको भनि प्रश्न गरेका थिए । जवाफमा देवले आफू पार्टी विभाजनमा नलागेको दावी गर्दै पार्टी विभाजनका लागि आफूले कुन सांसदसँग कुराकानी गरेको त्यसको नाम भन्न चुनौति दिएका थिए । तर उनले आफै कुनै सांसदसँग पार्टी विभाजनको कुरा नगरेको कारणले कसैले पनि देवको नाम भने लिएनन् । सांसद योगेन्द्र चौधरीले भने, ‘पार्टी विभाजनमा जितेन्द्र देव लागेको कुरा कहीँ कतैबाट खुलेन, बरु अरु–अरु नेताको नाम आयो ।’
बैठकपछि पार्टीले असोज २० गते जारी गरेको विज्ञप्तिमा पार्टी सबै सांसदको हस्ताक्षर गरी पार्टीलाई एक ढिक्का राख्ने प्रतिबद्धता गरेको छ । अब पार्टी विभाजनमा कोही लाग्दैन त्यसको प्रमाण हिजोको विज्ञप्ति रहेको बताउँदै चौधरीले अब पार्टी एकजुट भएर अगाडि बढ्ने बताए ।
सरकारमा जाने या नजानेबारेमा के कुराकानी भयो भन्ने प्रश्नमा चाहीँ उनले भने, ‘हामीलाई राप्रपाको हैसियतभन्दा माथि राखियो भने आफूहरु सरकारमा जान्छौं । सत्ताधारी दलले कस्तो पोर्टफोलियो दिन्छ त्यही आधारमा मात्र हामी सरकारमा जान्छौ नभए जाँदैनौ ।’

Post a Comment

 
Top