0
नेपालको आफ्नै स्याटेलाइट प्रक्रिया सुरु भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापना गर्नको लागि अन्तर्राष्ट्रिय टेन्डर जारी गरेसँगै उक्त प्रक्रिया सुरु भएको हो। लमो सयमदेखि नेपालको आफ्नै स्याटेलाइट हुनुपर्ने आवाज उठ्दै आएपनि प्राथमिकतामा नपरेको यो आयोजनाले बल्ल औपचारिकता पाएको छ। 
 
दुइवटा ध्रुविय स्लटका स्याटेलाइट राख्नेगरी प्राधिकरणबाट योग्य र इ्च्छुक फर्महरुबाट अन्तर्राष्ट्रिय प्रस्ताव आब्हान गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए। 
 
अन्तर्राष्ट्रिय रेडियो नियमक संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटियु)ले निर्धारण गरेको  पोजिसन अनुसार स्लट राख्नेगरी प्राधिकरणले योजना अगाडि बढाएको छ। 
 
सयुक्त राष्ट्र संघिय सुचना तथा सञ्चार संसथा आइटियुले नेपालको लागि स्याटलाईटको पोजिसन पूर्वी देशान्तरमा दुइवटा पोजिसनका स्लट आइटियुले नेपाललाई उपलब्ध गराएको छ। जसमा १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयररिङ ब्यान्ड अन्तर्गत ५ सय मेगाहर्ज मा विभिन्न ब्यान्डहरु उपलब्ध हुनेछन्। 
 
त्यस्तै अर्को ५० डिग्री देशान्तरमा १२ वटा च्यानलका ब्यान्डहरु उपलब्ध गराएको छ। मापदण्ड पुरा गरेका योग्य फर्महरुको प्रस्तावको आधारमा मूल्यांकन गरेर प्राधिकरणले छनौट गर्ने प्रवक्ता अर्यालले जानकारी दिए। 
नेपालको आफ्नै स्याटेलाइट भएपछि विभिन्न दूरसञ्चार सेवाबापत खतप हुने ब्यान्डवीथ  किफायती हुने छ। 
 
‘नेपालको आन्तरिक रुपमा प्रयोग हुने जुन ब्यान्डवीथ बाहिरबाट ल्याएर खपत गरिन्छ र त्यसबाट रकम पनि बाहिर जान्छ त्यो बचत हुन्छ’ प्राधिकरणका प्रवक्त अर्यालले सेतोपाटीसँग भने,‘रेडियो,टिभी तथा ब्यान्डवीथ सिंग्नलहरु किन्नुपर्ने बाध्यता पनि हट्छ।’
 
त्यस्तै यसबाट सुरक्षाको हिसाबले पनि यसको अपरिहार्यता रहेको भन्दै विगत लामो समयदेखि आवस्यकता औल्यादै आइएको थियो। अहिले दूरसञ्चारका स्थायिन सेवा प्रवाहको लागि पनि अन्तर्राष्ट्रिय ब्यान्डवीथ खरिद गर्नुपर्ने बाध्यता रहदै आएको छ। आफ्नै स्याटेलाइट भएपछि अन्तर्राष्ट्रिय ट्राफिकमा बाहेक अन्यको खर्च नेपालभित्रकै इन्टरनेटले पुग्नेछ। 
 
बाहिरको स्याटेलाइटबाट जेनेरेट भएको इन्टरनेटको प्रयोग खासगरी राष्ट्रिय सुरक्षा संवेदनशिलताको हिसाबबाट खतरामुक्त नहुने बताइन्छ। प्राधिरणले प्रक्रिया अगाडि बढाईसकेकोले अब यसमा धेरै बिलम्ब नहुने प्रवक्ता अर्यालले बताए। 
 
प्रस्ताव पेस गर्ने कम्पनीको समग्र मूल्यांकन पछिमात्र छनौट गरिने प्रवक्ता अर्यालले बताए। आर्थिक,विगतको पर्फमेन्सलगाएत समग्र विषयवस्तु मूल्यांकनको दायरमा पर्ने अर्यालले जानकारी दिए। 
 
सन् १९५७ मा तत्कालिन सोभियत संघले विश्वमा पहिलोपटक स्याटेलाइट लन्च गरेको थियो। सन् २०१५ को अन्तिमसम्म विश्वभर ५८ वटा देश र २० वटा संस्थाहरुले आफ्नै स्वामित्वमा स्याटेलाइट लन्च गरेका छन्। 
 

Post a Comment

 
Top