0
आश्विन २१, २०७३- रौतहटको कर्कच कर्मैया–८, टिकुलियाबाट ठूलो परिमाणमा अवैध चल्लासहित १७ जनालाई प्रहरीले शुक्रवार बिहान पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपले भित्रियाइएको १ सय १४ कार्टुनमा लुकाई छिपाई ल्याइएको ५ हजार ७ सय चल्लासहित उनीहरुलाई पक्राउ गरिएको रौतहटका डिएसपी नवीनकृष्ण भण्डारीले बताए । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाबाट खटिएको टोलीले ३ लाख १३ हजार ५ सय रुपैयाँ मूल्यबराबरको कुखुराको चल्ला, दुईवटा मोटरसाईकल, १६ वटा साईकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मोतिहारी अठमोहानका विश्वनाथप्रसाद यादव, विजय यादव, सुरेन्द्र साह, ननक राय, सोही पञ्चायत महुआहीक भुनेश यादव, रामाधार राय, उमेश राय, मुन्नाकुमार यादव, सञ्जयकुमार यादव, लौकुश यादव, जोगिन्द्र साह, शंकर बैंठा, पुन्देव राय, विनोदप्रसाद यादव, रौतहट कोपवा पिपरिया–६, का साहेबराय यादव, हासिम अन्सारी, धरहरी–८ का राजेशकुमार साह रहेको प्रहरीले जनाएको छ ।
 
बरामद भएको चल्ला जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको र पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 


Post a Comment

 
Top