0
Image result for मृत्युदमौली, २१ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा बिहीबार अपराह्न मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–१३ मालेबगर बस्ने ८२ वर्षीय देवेन्द्र मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका मल्लको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि गण्डकी अस्पताल पोखरा पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक मल्लको शव सोही अस्पतालमा रहेको र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस

Post a Comment

 
Top