0

nagarikta२२ मंसिर, काठमाडौ । पछिल्ला केही वर्षयता सीमा क्षेत्रमा भारतीयले पहुँच नाता सम्बन्धका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिने क्रम बढेको पाइन्छ ।  यसरी नागरिकता लिने जिल्लामा सुनसरी अगाडि देखिएको छ ।
भारतीय आतंककारी गतिविधिमा संलग्न निरञ्जन होजाईले सुनुरी धरानबाट ०६३ सालमा नेपाली नागरिकता प्रमाणपत्र लिए । उनले पहिलो संविधानसभा निर्वाचन अघि घुम्ती शिविरमार्फत वंशजका आधारमा नागरिकता लिएका हुन् ।
प्रहरीले उनलाई नागरिकता दिन सिफरिस गर्ने तत्कालीन समयका माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरकिा प्रमुख अभिकृत नुनुलाल उरावलाई धरौटीमा छाड्यो ।
पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत पश्चिम कुसाहाबाट नागरिकता लिने मजलम मन्सुरीको अनुसन्धान भइरहेको छ ।  भारतीय नागरिक उनले झुटो विवरण पेश गरेर नागरिकता लिएको आरोपमा अनुसन्धान जारी छ ।
मधेस आन्दोलन चर्किएका बेला र भोटको आशामा राजनीतिक दलले समेत भूमिका खेल्दा थुप्रै भारतीय नागरिकले बंशजका आधारमा सुनसरीबाट नागरिकता लिएको पाइएको आजको नागरिक दैनिकमा समाचार छ ।
घुम्ती शिविरमार्फत सुनसरीबाट नागरिकता लिने भारतीयको संख्या ठूलो छ । शिविर सञ्चालन गर्नुभन्दा अघि र पछि पनि यहाँबाट थुप्रै भारतीयले नागरिकता लिएका छन् ।

Post a Comment

 
Top