0
जेठमा सञ्चालित कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष आंशिकमा ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस बर्ष ३९ दशमलव ६३ प्रतिशत उत्तीर्ण भएका छन् । 
नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् : http://www.neb.gov.np
गत बर्ष सम्म नीयमित र आंशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरिन्थ्यो। एकै पटक नतिजा प्रकाशित गर्दा कक्षा १२ पास भएर पनि विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक वर्ष खेर जान्थ्यो । विद्यार्थीको समय बचाउन यस बर्ष देखि आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको परीक्षा बोर्डले जनाएको छ।
कक्षा ११ को नीयमित तर्फको नतिजा भने पुस पहिलो साता सम्म सार्वजनिक गर्ने गरी काम भईरहेको उनले बताए।
कक्षा ११ को परीक्षामा आंशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागि थिए।

Post a Comment

 
Top