0


यो माया भन्ने शब्द कस्तो होला है यो माया ले नै मान्छेलाई जिउन पनि सफल पारिदिन्छ अनि येही माया ले नै मान्छे को जिन्दगि पनि बर्बाद बनाई दिन्छ ! खै मलाई पनि यो माया शब्द सुन्दा अनौठो नै लाग्छ ! अनि थाहा छ ? केटिहरु एकार्कालाई मन पराएपछि भन्छन ! म तिमीलाई माया गर्छु भनेर अनि उनीहरु को माया बस्न र माया का कुराहरु गरेर समय काट्न थाल्छन ! तर मलाई यो माया शब्द देखि अनि यो शब्द सुन्दानै बकवास लाग्छ ! मैले त् साएद यो माया भित्र नदुबेर र कसै सग माया न साटेर पनि होला ! साएद मलाई माया प्रेम भन्ने शब्द देखि एलर्जी भएको !
साएद अरुलाई यो शब्दहरु सारै नै मन पर्छ होला ! यो शब्द नराम्रो पनि हैन मलाई थाहा छ माया ले नै कति को जिबन एकदमै राम्रो बनाई दिएको छ !तर मलाई यो पनि थाहा छ कि कति को जिन्दगि नै बर्बाद पारी दिएको छ ! एती सम कि उनीहरु ले आत्महत्या सम्म गरेका छन् ! बिचराहरु माया पाएपछि संसार नै जितेको ठान्छन ! तर फेरी यस बाट धोका खाए पछी संसार बाटै हारेको महसुस गर्छन अनि आफ्नो जिन्दगि नै बर्बाद पर्छन उनीहरु आफ्नो जिन्दगि त् बर्बाद पर्छन तर परिवारमा पनि धेरै नि चिन्ता पारी दिन्छन यस्मा परिवार को के दोष र यती धेरै चिन्ता दिन्छन ! बिचरा ममी बाबा लाई आफ्नो सन्तान बिखुसी भएर बसेको कुन परिवार ले हेर्न सक्छन ? र मलाई यो शब्द साँचीनै मन पर्दैन ! माया को नराम्रो पार्टलाई मात्र मैले जोड दिन खोजेको हैन एसका राम्रो पार्ट हरु पनि छन ! तर ५% मात्रै सफल भयको पाएको छु मैले राम्रो पार्ट हरुको पनि कुरा गर्ने छु !त्यसो त माया प्रेम सिर्जनाको पनि द्योतक हो । माया प्रेमले मान्छेलाई सिर्जनशील पनि बनाएका हुन्छन् चाहे त्यो नकारात्मक तरिकाले होस चाहे त्यो सकारात्मक तरिकाले जसरी पनि । माया प्रेमबाटै नै साहित्यको सिर्जना भएको हुन्छ ।भनिन्छ नी खुकुरीको पीर अचानोलाई थाहाँ हुन्छ भनेझै माया प्रेमको ब्यथा माया प्रेम गर्नेहरुलाई थाहा हुन्छ तर माया प्रेममा सबै चेतनाशिल प्राणीहरुमा हुन्छ विशेष गरि हामी मानवमा । मरुभूमिमा यदि पानीको कुवा छ भने नसुकुन्जेल सम्म पानीको मूल्य थाहा हुदैन जब पानी सुक्छ अनि त्यसपछि मात्रै थाहा हुन्छ पानीको मूल्य कति हुदोरहेछ भनेर त्यसैले माया प्रेम भनेको चेतना सहितको जीवन र जगत हो । यदि जीवन र जगत नै छैन भने के हो माया प्रेम ?त्यसैले मेरो विचारमा माया प्रेम भनेको “जीवन र जगतमा रहेका चेतनाशिल प्राणीले सजिब अथवा चेतनाशिल प्राणी तथा निर्जीब पदार्थलाई आत्मिय सामिप्यता कामय गर्ने भावनात्मक समप्रेसण हो” । माया प्रेम नै जीवनको पूर्णता हो । तर माया को साथैसाथै घृणा पनि यो जगतको शृष्टिसँगसँगै आएको भावना वा स्वाभाव हो त्यो स्वाभाव पनि सबैमा हुन्छ तर घृण हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ । मेरो विचारमा चै माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, शन्तानलाई गरिने माया इत्यादि । जहाँसम्म माया गर्दैमा पाउनै पर्छ र ? कसैले यदि साच्चिकै माया हृदयदेखिनै माया साँचो र चोखो माया गरेको छ भने पाउनु र गुमाउनुमा केहि फरक पर्दैन । पाउनै पर्छ भन्ने पनि छैन र गुमाउदा पनि केहि फरक पर्दैन फेरि घुमाउनु नै पर्छ भन्ने पनि छैन । किनकि तपाईले उसलाई साँचो र चोखो माया गरेको हुन्छ । माया गरेको चीजको अस्तित्व रहिरहेको हुन्छ तबसम्म उसप्रति तपाईको माया प्रेम रहिरहन्छ । त्यसैले त भन्ने गरिन्छ अमर, साँचो र चोखो माया मिलनमा मात्रै होइन विछोडमा पनि टुगिन्छ । तबमात्र तपाईले माया प्रेम गरेको पुष्टि हुन्छ नत्र भने केवल आकर्षक र वासना मात्रै भन्न सक्छ त्यसलाई माया प्रेम जस्तो पवित्र शब्दद्घारा पुकारिन मिल्दैन । प्राय माया प्रेम मनबाट शुरु हुन्छ । शरीरिक आकर्षण प्रेम वा माया होइन तर कहिलेकाही शरीरक आकर्षणबाट शुरु भएको माया यानीकि प्रेम मनसम्म पुगेको प्रसंग पनि छ । अन्त्यमा के भन्न सकिन्छ भने माया प्रेमलाई पाउनु र गुमाउनु, मिलन र विछोडमा दाजेर यसलाई कलंक पार्न सकिन्दैन यो त अमर कन्चन सर्मप्रण भन्न सकिन्छ । त्यसैले त मैले भन्ने गरेकाे छु नी “जीवन र जगतमा रहेका चेतनाशिल प्राणीले सजिब वा चेतनाशिल प्राणीका साथै निर्जीब पदार्थलाई आत्मिय सामिप्यता कामय गर्ने भावनात्मक समप्रेसण हो” । यो कुरा हरु सुन्दा हजुरहरुलाई साचै नै माया मा डुब्न मन लागेको होला येही कुरा मलाई राम्रो थाहा छ लेखेको छु र हजुरहरुलाई लागेको होला माया को एती राम्रो कुराहरु गरेर पनि किन माया शब्द देखि सुरेशलाई बकवास लागेको भनेर  । हेर्नुस मलाई यो शब्द नै किन किन सारै नि नराम्रो लाग्छ साथीहरु आज को यो माया भन्ने शब्दलाई येही समाप्त गरी दिन्छु र जादा जादै के भन्न चाहन्छु भन्ने हजुर हरु ले कसैलाई माया गर्नु भएको छ भने तेस्लाई राम्रो सग निभाउनु होला कसैको जिबन सग खेलबाड नगर्नु होला? आफ्नो माया लाई कहिले पनि नराम्रो बाटो तिर नलानु होला भन्दै बिदा चाहन्छु ।

Post a Comment

 
Top