0
भद्रपुर, ९ साउन । अविरल वर्षाका कारण झापामा आज गोलधाप गाविस– ९ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बूको खेतमा चिप्लिएर मृत्यु भएको छ ।
निजको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यसैबीच गौरादह नगरपािलका–५ निवासी ३६ वर्षीय टेकेन्द्रबहादुर खड्का नजिकैको देउरिया खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएका छन् । उनको खोजी गौरादह प्रहरीले गरिरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो । रासस

Post a Comment

 
Top