0
काठमाडौं– नेपाल र चीनका निजी लगानीकर्ताको संयुक्त लगानीमा हालै सञ्चालनमा अएको हिमालय एयरलाइन्सले आफ्नो व्यापार विस्तार गर्न अमेडियससँग सम्झौता गरेको छ। एयरलाइन्सले आफ्ना यात्रुहरुलाई ग्लोबल डिस्ट्रिव्युशन प्रणालीमार्फत बुकिङ सेवा प्रदान गर्न अमेडियससँग सम्झौता गरेको जनाएको छ।  

विश्वव्यापी रुपमा १३ हजार कर्मचारीका माध्यमबाट विश्वका विभिन्न देशमा सेवा पुर्याइरहेको अमेडियसले हिमालय एयरलाइन्सको टिकट पनि विश्वका विभिन्न ठाउँबाट सहज रुपमा उपलब्ध गराउन सक्ने कम्पनीले जनाएको छ।

Post a Comment

 
Top