0
काठमाडौं – भ्यालु एडेड सर्भिस (भ्यास)का नाममा ग्राहकलाई खबरनै नगरी प्रयोगनै नगरिएका सेवाहरुको स्वतः नवीकरण गर्दै नेपाल टेलिकमले कर्मचारीको मिलेमतोमा ग्राहकको रकम चोर्ने गरेको समाचार रातोपाटीले सार्वजनिक गरेपछि अन्ततः नेपाल टेलिकमले त्यसरी भ्यासका नाममा ग्राहक ठग्ने उक्त सेवा हालका लागि स्थगित गरेको छ । आज विभिन्न पत्रपत्रिकामा सुचना निकाल्दै नेपाल टेलिकमले उक्त सेवा बन्द गरिएको जानकारी दिएको हो ।

स्रोतका अनुसार रातोपाटीमा लगातार नेपाल टेलिकममा हुने गरेको विभिन्न घोटालाकाबारे समाचार प्रकाशन भएपछि सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न निकायबाट टेलिकमका नेतृत्वमाथि सोधीखोजी हुन थालेपछि टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले उक्त सेवा हालका लागि बन्द गर्न निर्देशन दिएका हुन् । ’रातोपाटीमा ’एक सेकेन्ड भ्वाइस च्याट गरेबापत २५ रुपैयाँ ?’ शिर्षकको समाचार आएपछि सञ्चार मन्त्रालयबाट समेत टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यलाई यस बारेमा मौखिक स्पष्टिकरण समेत लिइएको बताइएको छ ।
१५ लाखमा बन्ने एप्सलाई सात करोड खर्च गरेको, एक सेकेन्ड भ्वाइस च्याट गरेवापत २५ रुपैयाँ काट्ने गरेकोजस्ता विभिन्न प्रकरणमा मुछिएका प्रवन्ध निर्देशकआचार्यले चौतर्फी दवाव आएप अन्ततस् यो सेवा हालका लागि बन्द गर्न निर्देशन दिएका हुन् ।’
के छ टेलिकमको सूचनामा ?नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय पुल्चोक ललितपुरको तर्फबाट आज विभिन्न पत्रपत्रिकामा प्रकाशन गरिएको सुचनामा भनिएको छ, ’यस कम्पनी र भ्यास सेवा प्रदायकको सहकार्यमा जीएसएम मोबाइल सेवाका ग्राहकहरुले हाल ’सब्स्क्रिप्सन’ गरी संचालन गरीरहेका भ्यालु एडेड सर्भिस (भ्यास) सेवाहरु अटो रिनेवल भइरहेको सम्बन्धमा ग्राहकहरुको सुझाव एवम् अनुरोधलाई दृष्टिगत गरी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मिति २०७३ (०१ (१२ गते देखि स्थगन गरिने व्यहोरा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । साथै नयाँ ग्राहकहरुले भ्यालु एडेड सर्भिस (भ्यास) सेवाहरु ‘सब्स्क्रिप्सन’ गरी संचालन गर्न नसक्ने भएकोले भ्यास सेवा संचालन तथा नवीकरण गर्ने सम्बन्धमा अर्को सुचना प्रखाषित गरी जानकारी गराइने व्यहोरा समेत अनुरोध गरिन्छ ।’
यसबारे रातोपाटीले राखेको जिज्ञासामा नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले जनताको गुनासोपछी भ्यास सेवा स्वत स् नवीकरण हुने व्यवस्था हालका लागि बन्द गरिएको बताएकी छिन् । उनी भन्छिन् ‘मिडियामा ग्राहकलाई खबर नै नगरी स्वतः सेवा नवीकरण हुने गरेको समाचार आएको थियो । जनताबाट सेवाको स्वतः नवीकरण गर्ने ब्यबस्थाप्रति गुनासो आयो । त्यहि भएर यो सेवा हालका लागि बन्द गरिएको छ ।’ उनका अनुसार नेपाल टेलिकमना नयाँ ग्राहकहरुले भ्यास सेवा ‘सब्स्क्रिप्सन’ गरी संचालन गर्न सक्ने छैनन् ।
सञ्चारमन्त्रीको सोधीखोजी र अख्तियारको अनुसन्धान अझै जारी 
नेपाल टेलिकमले निर्माण गरेको ‘मीट’ नामक एप्समा घोटाला भएको समाचार सेलाउन नपाउंदै एक सेकेन्ड भ्वाइस च्याट गर्दा २५ रुपैयाँ काटिने गरेको समाचार सार्वजनिक भएपछि यसअघि रातोपाटीसँग कुराकानी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता कृष्णहरि पुस्करले टेलिकममा भएको भनिएको घोटालाको छानबिन प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका थिए । रातोपाटीसँग कुराकानी गर्दै सञ्चारमन्त्री शेरधन राईले समेत आफूलेपनि यसबारे टेलिकमका सम्बन्धित व्यक्तिसँग सोधीखोजी गरेको र दोषी ठहरिएमा जोकोही कारबाहीको भागीदार बन्नुपर्ने बताएका थिए । टेलिकममा हेन गरेको घोटालाबारे निरन्तर रुपमा रातोपाटीले समाचार प्रखाशन गरेपछि र अख्तियारदेखि सञ्चारमन्त्रीले समेत सोधीखोजी गरेपछि अव कसरी अगाडी बढ्ने भन्ने बिषयमा नेपाल टेलिकमका उच्च पदस्त अधिकारीहरुहरु तथा नेपाली कांग्रेस निकटका केहि नेताहरुसँग टेलिकमका प्रबन्ध निर्देशक आचार्यको भेटघाट बाक्लिएको स्रोतको दावी छ ।
यो पनि पढ्नुहोस्

के भन्छिन् टेलिकमकी प्रवक्ता ?
यसबारे रातोपाटीले राखेको जिज्ञासामा नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले जनताको गुनासोपछी भ्यास सेवा स्वत स् नवीकरण हुने व्यवस्था हालका लागि बन्द गरिएको बताएकी छिन् । उनी भन्छिन् ‘मिडियामा ग्राहकलाई खबर नै नगरी स्वतः सेवा नवीकरण हुने गरेको समाचार आएको थियो । जनताबाट सेवाको स्वतः नवीकरण गर्ने ब्यबस्थाप्रति गुनासो आयो । त्यहि भएर यो सेवा हालका लागि बन्द गरिएको छ ।’ उनका अनुसार नेपाल टेलिकमना नयाँ ग्राहकहरुले भ्यास सेवा ‘सब्स्क्रिप्सन’ गरी संचालन गर्न सक्ने छैनन् । सञ्चारमन्त्रीको सोधीखोजी र अख्तियारको अनुसन्धान अझै जारी  नेपाल टेलिकमले निर्माण गरेको ‘मीट’ नामक एप्समा घोटाला भएको समाचार सेलाउन नपाउंदै एक सेकेन्ड भ्वाइस च्याट गर्दा २५ रुपैयाँ काटिने गरेको समाचार सार्वजनिक भएपछि यसअघि रातोपाटीसँग कुराकानी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता कृष्णहरि पुस्करले टेलिकममा भएको भनिएको घोटालाको छानबिन प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका थिए । रातोपाटीसँग कुराकानी गर्दै सञ्चारमन्त्री शेरधन राईले समेत आफूलेपनि यसबारे टेलिकमका सम्बन्धित व्यक्तिसँग सोधीखोजी गरेको र दोषी ठहरिएमा जोकोही कारबाहीको भागीदार बन्नुपर्ने बताएका थिए । टेलिकममा हेन गरेको घोटालाबारे निरन्तर रुपमा रातोपाटीले समाचार प्रखाशन गरेपछि र अख्तियारदेखि सञ्चारमन्त्रीले समेत सोधीखोजी गरेपछि अव कसरी अगाडी बढ्ने भन्ने बिषयमा नेपाल टेलिकमका उच्च पदस्त अधिकारीहरुहरु तथा नेपाली कांग्रेस निकटका केहि नेताहरुसँग टेलिकमका प्रबन्ध निर्देशक आचार्यको भेटघाट बाक्लिएको स्रोतको दावी छ । यो पनि पढ्नुहोस् - See more at: links: ratopati.com
Source: ratopati.com

Post a Comment

 
Top