0
प्रकाशित मिति:२०७२ चैत ८ गते १७:५८
- शेरबहादुर ऐर
कैलाली– नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा कैलालीको अध्यक्षमा डिल्लीराज पन्त चयन भएका छन् ।
सोमबार सम्पन्न प्रतिष्ठानको तेस्रो जिल्ला सभामा पन्तको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उप—सभापतिमा डा. गणेशबहादुर सिंह र कृष्ण बोहोरा, सचिवमा नथुराप्रसाद तिमिल्सीना, सह—सचिवमा पुष्पराज भण्डारी, कोषाध्यक्षमा गणेशबहादुर नेपाली, सह—कोषाध्यक्षमा लता अवस्थी चयन भएका छन् ।
प्रतिष्ठानको किशोरदेव जोशी, धरनीप्रसाद पन्त, खेमराज जोशी, खगेन्द्रराज जोशी र गोविन्द प्रसाद जोशी सदस्यमा चयन भएका छन् ।
सोमबार भएको तेस्रो जिल्ला सभाका प्रमुख अतिथी सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. गणेशबहादुर सिंह रहेका थिए । उनले हृदयरोगको उपचारमा उपकरणको अभावले यहाँ समस्या परेको उल्लेख गरे ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी करिव एक करोड ८० लाख मानिसहरु वर्षेनी मुटुरोगका कारण मर्ने गरेको तथ्यांक छ भने कैलालीमा पनि ४० वर्षदेखि ६० वर्षका ३० प्रतिशत बिरामीहरुमा मुटुरोगको समस्या देखिने गरेको उनले बताए ।
कार्यक्रममा हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य दिलबहादुर बुढाले मुटुरोगका विरामीहरु विकसित राष्ट्रहरु भन्दा विकासोन्मुख राष्ट्रहरुमा बढ्दो क्रममा रहेकोले मुटुका रोगहरुको रोकथाम र मुटु रोगीहरुलाई उपचार तथा जिवन यापन कार्यमा सहयोग पुर्याउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा पूर्व क्षेत्रिय शिक्षा निर्देशक नन्दराज पन्त, नेपाल रेडक्रस सोसाईटीका उपाध्यक्ष रतन कठायत लगायतले हृदयरोग नियन्त्रणमा सबैले जोड दिनुपर्ने बताएका थिए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला कार्य समिति कैलालीका सभापति हेमराज ओझाको सभापतित्वमा भएको कार्यक्रममा संघका सचिव मथुराप्रसाद तिमिल्सिनाले प्रतिष्ठानका राष्ट्रिय कार्यक्रमबारे प्रगति प्रतिवेदन र कोषाध्यक्ष खगेन्द्रराज जोशीले प्रतिष्ठानको आय—व्याय विवरण प्रस्तुत गरेका थिए ।
Source: swasthyakhabar.com

Post a Comment

 
Top