0
भक्तपुर, ९ साउन । अनन्तलिङ्गेश्वर – ९ बिरुवामा रु ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ ।
दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक सहयोग र स्थानीय रु आठ लाख ५० हजार रु बराबरको जनश्रमदानबाट निर्माण सम्पन्न भएको हो ।
विसं २०५५ देखि बिरुवामा बसपार्क सञ्चालनमा आएको हो । उक्त बसपार्कबाट रत्नपार्क र गङ्गबुसम्म जाने बस सञ्चालन हुँदै आएका छन् । अव्यवस्थित रहेका कारण ढलान गरी व्यवस्थित बनाइएको निर्माण समितिले जनाएको छ । रासस

Post a Comment

 
Top