0
विर्तामाेड ।  नेकपा माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थनमा देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पक्षमा युवाहरू सडकमा आएका छन् ।
यसै विषयलाई लिएर झापाको विर्तामोडमा पनि मंगलबार दिउँसो , ‘ ओलीका लागि होइन, नेपाल र नेपालीको भोलीको लागि ‘ भन्दै युवाहरू  सडकमा उत्रिएका थिए ।  आइ एम विथ केपी ओली लेखिएका टिसर्ट लाएर  र प्लेकार्ड बाेकेर सैयाै‌ंकाे  संख्यामा युवा र्यालीमा उपस्थित थिए ।
विर्तामाेडकाे मुक्तिचाैकबाट निक्लिएकाे र्याली भद्रपुर राेड, शनिस्चरे राेड हुँदै मुुक्तिचाैकमा अाएर टुङ्गिएकाे थियाे ।

Post a Comment

 
Top