0
अष्ट्रेलिया यतिबेला नेपाली चलचित्रका लागि सुरक्षित र भरपर्दो बजारका रूपमा स्थापित हुनथालेको छ । नेपाली चलचित्रको प्रर्दशनका लागि अष्ट्रेलिया आर्कषक मुलुक बनेको छ छ ।

चलचित्र निर्माताहरूले पनि आर्थिक रूपमा राहतको महशुष गर्न पाएका छन भने अर्को तर्फ अष्ट्रेलियामा रहेका नेपालीहरूले पनि नयाँ–नयाँ चलचित्रहरू हेर्ने अबसर पाइरहेका छन् ।  
 नेपालमा चलचित्रको चर्चाको आधारमा अष्ट्रेलियामा चलचित्रहरू बिक्ने गर्छ । यसै क्रममा अष्ट्रेलियामा स्तरिए र हिट चलचित्रहरूको बजार ब्यबस्थापन गर्दै आएका ईपि माईग्रेसन र हो र होईन होला ईभेन्टसले एक साथ राम्रै मुल्यमा दुई चलचित्र पुरानो डुगां र लुट -२ को अष्ट्रेलिया अधिकार खरिद गरेको छ ।
‘हामीलाई बिश्वास छ कि यी दुई चलचित्रले अष्ट्रेलियामा नयाँ रेकर्ड बनाउने छन् । ‘ईपि माइग्रेसनका खिलेन्द्र तिम्सिनाले बताए । यसैगरी अगस्ट ७  का दिन यी दुई चलचित्रको प्रचार प्रसारका लागि सिड्नीमा साथीको साथमा नामक डान्स पार्टीको आयोजना गरिएको जानकारी हो र होइन होलाका रोशन भट्टराईले दिए । चलचित्र लुट -२ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने पुरानो डुगांमा रामबाबू गुरूंगको निर्देशन रहेको छ ।
Source: onlinekhabar

Post a Comment

 
Top