0
श्रावण १०, २०७३- मेडिकल शिक्षा क्षेत्रमा भएको विकृति अन्त्य गर्नुपर्ने माग राख्दै आठौं पटक अनशन बसेका डा. केसीले १६ औं दिनमा अनशन तोडेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि आएका बिरामीको हातबाट जुस खांदै केसीले अनशन तोडेका हुन् ।
सरकारी वार्ता टोलीसँग हिजो राति ४ बुँदे सहमति भएपछि केसीले अनशन तोडेका हुन् ।
शिक्षण अस्पताल महाराजञ्जमा उपचारको लागि आएका सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली, सिराहाबाट छाेराकाे उपचार गर्न अाएकी अनिता यादव र गोरखाका भिक्षु छेवाङ नुर्वु लामाको हातबाट जुस पिउँदै केसीले अनशन तोडेका हुन् ।

तीन जनाले जुस खुवाएपछि पूर्व मुख्यसचिव लिलामण्ी पौडेल र सरकारी वार्ता टोलीका संयोजक डा. सेनेन्द्रराज उप्रेतीले डा. केसीलाई जुस खुवाएका थिए । 
अनशत अन्त्य गर्दै डा. केसीले संस्थागत माफियातन्त्रविरुद्ध सबै मिलेर लड्नुपर्ने बताए । उनले सरकारसँग भएको सम्झौता पहिलो चरण मात्रै भएको भन्दै अझ सशक्त आन्दोलन गर्ने बताए ।
‘नेताहरु माफियाको पक्षमा भए, अब युवाहरु जाग्नुपर्छ’, उनले भने ।
Source: ekantipur.com

Post a Comment

Top