0
क्यालिर्फोनिया –विश्वप्रख्यात मोवाइल कम्पनी एप्पलले आफ्नो आगामी उत्पादन आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा बजारमा ल्याउने म्याक रियुर्मसले उल्लेख गरेको छ।
म्याक रियुमर्सले जनाए अनुसार यस अघिपनि विश्व बजारमा आउने स्मार्टफोनको औपचारिक सार्वजनिक मिति मिलाएका इभान ब्लासले आफ्नो टिव्टरमा एप्पलले आगामी सेप्टेम्बर सम्ममा आइफोन सेभेन र सेभेन प्लस बजारमा ल्याउने उल्लेख गरेको हो। उनले ट्विट गर्दै भनेका छन्, ‘आइफोनको आगामी उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस २०१६ को सेप्टेम्बर १२ मा आउने छ।’ 

तर यस अघि ब्लासले सन् २०१५ मा आइफोन सिक्स र आइफोन सिक्स प्लसको अनुमान गरेको सार्वजनिक मिति गलत भएको थियो। उनले सेप्टेम्बर ९ मा उक्त उत्पादन बजारमा आउने बताएपनि आइफोनले आफ्नो उत्पादन सेप्टेम्बर ५ मा नै बजारमा ल्याएको थियो।
 एप्पलले आफ्नो आगामी उत्पादनमा हेयरफोन ज्याक हटाउनु बाहेक पहिलेकै जस्तै डिजाइनमा निकाल्ने विश्वास गरिएको छ। साथै आइफोनले आगामी वर्ष आफ्नो दशौं वार्षिक उत्सवको अवसरमा बजारमा ल्याउने अनुमान गरिएको आइफोन एट मा नयाँ फिचर के कस्तो राख्ने भन्नेमा अध्ययन  भइरहेको जनाएको छ।
 आइफोनले ४.७ इन्चको क्यामरालाई अप्टिकल इमेज स्टेबलाइजरका साथ अझै गुणस्तरीय रुपमा ल्याउने र ५.५ इन्चको अर्को मोडमा डियुल लेन्स क्यामरा र ३ जिबी र्याम जडान गर्नेे  विश्वास गरिएको छ।

Post a Comment

 
Top