0

श्रावण ३०, २०७३- ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आइतबार नयाँ ट्याक्सी दर्ता गर्न आवेदन दिनेको भिड । 
भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडित नागरिकलाई सरकारले गोलाप्रथाद्वारा १५ सय नयाँ ट्याक्सी भन्सार छुटसहित सहुलियत दरमा उपलब्ध गराउने भएपछि  आवेदकको संख्या ह्वात्तै बढेको हो । 
आइतबारसम्म आवेदकको संख्या एक लाख पुगेको र अन्तिम दिन भदौ २ गतेसम्म साढे एक लाख पुग्ने अनुमान गरिएको छ । भिड नियन्त्रण गर्न जनपद र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परेको छ । 
पालो कुर्ने क्रममा आवेदकले लाइनमा सास्ती व्यहोरेका छन् भने आवेदन संकलन गर्न कार्यालयका कर्मचारीले तनाव समेत झेल्नु परेको छ । 

source: ekantipur.com

Post a Comment

 
Top