0

भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी फेला परेका छन्।
Typhus_Disease
 भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका ६ वर्षका बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जानकारी दिए। 
मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट'ले टोकेमा सर्ने यो रोग दोस्रो विश्वयुद्धपछि फेरि देखापरेको उनको भनाइ छ। मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको सङ्क्रमण हुन सक्ने बताउँदै उनले उपचारमा ढिलाइ गरे यसबाट ज्यानै जान सक्ने बताए।
 यो रोग लागेमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, शरीरमा गाँठा देखिने, टोकेको ठाउँमा खरानी रङ्गको डाबर आउने, पछि कलेजो, श्वासप्रश्वास, आन्द्रा, रगतको नली फुटेर ज्यानै जान सक्ने अवस्था आउन सक्ने जोशीले जानकारी दिए।
यो रोगको सङ्क्रमण भक्तपुरमा पहिलोपटक देखापरेको हो। नेपालमा यो रोगबाट अहिलेसम्म करिब चार सय सङ्क्रमित भएको र पाँच जनाको ज्यान गइसकेको छ।


Post a Comment

 
Top