0
हिजो साँझ देखिको अविरल बर्षाका कारण ताप्लेजुङ नगरपालिकाको दोखु क्षेत्रमा यत्रतत्र पहिरो गएको छ । 
Image result for ताप्लेजुङ नगरपालिका

पहिरोका कारण ताप्लेजुङ नगरपालिका–८ कि सुब्बेनी माइली भनेर चिनिने दिलकुमारी पालुङवाको मृत्यु भएको छ भने घाइते उनकी बहिनी कृष्णकुमारी पालुङवालाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिँदै छ । 

पहिरोले नगरपालिका–२ का अन्दाजी २८ वर्षीय विमला मगर र उनका ९ र ७ बर्षिय छोराहरु मनोज र ललित मगरलाई पुरेको छ । घरमाथीवाट झरेको पहिरो भित्र पस्दा उनिहरु पुरीएका हुन् । पुरीएको अवस्थामा देखिएका उनिहरुलाई निकाल्न प्रहरी, सेना र स्थानियको टोलि बिहानैदेखि सकृय रहेको छ । 

पहिरोले मेची राजमार्ग पुरै अवरुद्ध बनाएको छ । दर्जन बढी ठाउँमा पहिरो झरेकाले पन्साउन दिउँसोसम्म लाग्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । पहिरो पन्छाउन सडक विभाग र ताप्लेजुङ नगरपालिकाको स्काईभेटर प्रयोग गरिएको छ । 

Post a Comment

 
Top