0
durbarmarga-aaglagi१४ असोज, काठमाडौं । दरबारमार्गमा एक जुत्तापसलमा आगलागी भएको छ । महेन्द्र सालिक छेउको एन्भी शुज एण्ड एसोसरिजमा आगलागी भएको हो ।
तीनधारा पाकशालाको छात्राबास भवनमा रहेको पसलमा लागेको आगो झण्डै आधा घण्टामा नियन्त्रण लिइएको महानगरीय प्रहरी प्रभाग दरबारमार्गका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइनसकेको उनले बताए । काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

Post a Comment

 
Top