0
दाङ प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा दाङ देउखुरीको लमही बजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिसहनिया गाविस वडा नं. १ निवासी ४९ वर्षीय टेकबहादुर केसी र लालमटिया गाविस वडा नं. ८ निवासी ४५ वर्षीय मुक्तबहादुर थापा रहेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।
पक्राउ परेकाले आफूहरु कारोबारी नभएको र अरुको भरिया मात्रै बनेको जिकिर गर्दै आएको प्रहरीले बताएको छ। पक्राउ परेकाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

 
Top