0
काठमाडौं— पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। मुग्लिङ प्रहरीले उनी चढेको कार पाैनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो।
मृत्यु हुनेहरुमा घिमिरेकी अामा चैतन्यकुमारी, प्रहरी सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको पहिचान भएको छ। बेपत्ता भइरहेकाहरुमा मोहन, प्रकाश र मावध घिमिरे रहेका छन्।
टोली मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा कार त्रिशुलीमा खसेको हो। बा ९ च १५३१ नम्बरको कार चितवनको दारेचोकस्थित घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो।
चितवन सिडिओ विनोदप्रकाश सिंहका अनुसार गाडी घिमिरे अाफैँले चलाएका थिए। 'पूर्व गृहमन्त्रीका घाइते निजी चालककाअनुसार पूर्व गृहमन्त्री घिमिरे अाफैँले गाडी चलाइरहनु भएको थियो', सिडिओ सिंहले भने। दुर्घटनामा घाइते भएका चालक विष्णु राई भरतपुर अस्पताल भर्ना गरिएको छ।
राति भइसकेका कारण अाजको लागि खोजी कार्य स्थगित गरिएको उनले जानकारी दिए। 'राति भएकाले अाजको खोजीकार्य रोकिएको छ। भोलि बिहानैदेखि फेरि टोली परिचालन हुन्छ', उनले भने।
पूर्व मुख्य सचिव घिमिरे खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषदका गृह तथा परराष्ट्र मन्त्री थिए।

Post a Comment

 
Top