0
rishma-jhumkiकाठमाडौं ।पोखरामा हुर्किएकी गुरुङ समुदायकी रिश्माले ‘भुम्कि’मा भने थारु युवतिको चरित्र निर्वाह गरिन् । पोखरा बजारमा बसेकि रिश्माले, क्षेत्री, बाहुन थारु लगायत धेरैको जीबनशैलिलाई हल्का बुझ्ने अवसर त पाएकी थिइन् । तर, टिपिकल थारु गाउँकै लाफइफस्टाइल थाह थिएन ।
 रिश्मा गुरुङ अभिनित चलचित्र ‘झुम्की’ प्रदर्शन भए लगत्तै सामाजिक सञ्जालमा उनको प्रसंसा गर्नेहरु बढेका छन् । ‘कबड्डी’वाट फिल्ममा डेब्यु गरेकि रिश्माले कबड्डी र त्यसको सिक्वेमा बनेको ‘कबड्डी कबड्डी’मा मुस्ताङमा हुर्किएकी किशोरीको भूमिका निर्वाह गरेकि छिन् ।
झुम्कीको स्क्रिप्ट पढे लगत्तै थारुहरुको रहन सहज बुझ्न सुरु गरेको उनको भनाई छ । थारु संस्कारवारे जानकारी लिन सबै भन्दा धेरै सहयोग एउटा सिरियलले गरेको रहेछ । ‘मैले फिल्ममा एग्रीमेन्ट गरे लगत्तै एउटा सिरियल प्रशारण भयो, त्यसमा देउकी नाम गरेकि पात्र थिइन् तिनलाई हेरेर धेरै सिकेँ’ ।

Post a Comment

 
Top