0
 कञ्चनपुर, २४ असोज । कञ्चनपुरको झलारी पिपलाडी–९ नजिकको सामुदायिक वन भएर घरतर्फ जाँदै गरेको अवस्थामा अज्ञात लुटेराको समूहले हतियार देखाउँदै आज नगद र गहना लुटपाट गरेका छन् ।
दसैँ मनाउन डडेल्धुराको पलगडी जाने क्रममा मुडका क्षेत्र नजिक ४० वर्षीय उज्ज्वलसिंह कुँवरसँग रहेको नगद १८ हजार भारतीय रुपैयाँ लुटेर लगेका छन् ।
कुँवरकी श्रीमती सावित्री कुँवरले लगाएको सुनको बुलाकी, कानमा लगाएका मुन्द्रा गरी दुई तोलाको गहना र अर्की सानु खत्रीले नाक, कानमा लगाएको बुलाकी र मुन्द्रा गरी एक तोला सुनका गहना लुटेराले लुटेर लगेको इप्रका, झलारीले जनाएको छ ।
पीडितहरुले तीनजनाको सङ्ख्यामा रहेका नकाबधारी लुटेराले धारिलो हतियार तेस्र्याउँदै लुटपाट गरेको बताएका छन् ।
इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावलले लुटेराको पहिचान भइसकेकाले पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरेको बताउनुभयो । रासस

Post a Comment

 
Top