0
(हरिकृष्ण गौतम)
मुस्ताङको सदरमुकाम जोसमोम नजिकै अवस्थित धुम्बा तालको प्राकृतीक सुन्दरताले आन्तरिक तथा बाह् पर्यटकलाई आर्कषित गर्ने गरेको छ । जोसमोमबाट करिव एक घण्टाको पैदलयात्रा तथा कच्ची सडमार्ग हुदै सवारीसाधनमा समेत पुग्न सकिने ताल आसपासको क्षेत्रको संरक्षणमा स्थानीयकासी, गाविस लगाएतका संघसंस्थाले समेत चासो देखाएपछि पर्यटकलाई समेत सहज भएको छ ।

सानो रारा तालको रुपमा समेत चिनिने धुम्बा तालमा विदेशीको तुलनामा आन्तरिक पर्यटक धेरै जाने गरेको मुस्ताङका पर्यटन ब्यवसायी खगेन्द्र तुलाचनले बताए । ‘तालले पर्यटकलाई लोभाउने गरेको छ ।हामीले यसलाई संरक्षणका लागि जिल्ला देखी केन्द्रसम्म पहल गरेका छौ’ तुलाचनले भने ।
पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बन्दै गएको ताल वातावरणीय प्रभावका कारण सतह घट्दै जान थालेपछि चिन्नित भएका स्थानीयहरूले संरक्षण सहित आवश्यक पुर्वाधारमा राज्यले बेवास्था गरेका गुनासो गर्ने गरेका छन् ।

जोमसोम सदरमुकाम तथा मार्फा गाविसपारी रहेको ताल प्राकृतीक सुन्दरताले भरिपुर्ण छ । तालमा एक देखी ५ घण्टासम्म पर्यटकहरु रमाउने गर्दछन् । जाडोयाममा हिउँसे छपक्कै छोप्ने तालको सुन्दरतामा कुनै कमी आउन नदिने गरी पुर्वधार विस्तारको आवश्यकता रहेको मुस्ताङका सरोकारावाल निकायहरूको भनाई छ । ताल वरपर रुखबिरुवा छन् । करिब चार सय मिटर लम्बाई र एक सय ५० मिटर चौडाई रहेको छ । तस्विर सौजन्य चन्द्रकुमार केसी
source: myagdikali

Post a Comment

 
Top