0
sabkura.comसिड्नी, असार ११ – फेसनको माध्यमबाट नेपाली कला र संस्कृतिलाई विश्वभर चिनाउन र नयाँ प्रतिभालाई स्थान दिने उद्देश्यले अस्ट्रेलियामा फेसनमाण्डु गरिने भएको छ।
सिड्नीमा पत्रकार सम्मेलनमा जनाइए अनुसार विभिन्न नेपाली र विदेशी मोडलहरूको सहभागिता रहने कार्यक्रमको सो–स्टपरको रूपमा अस्ट्रेलिया र नेपालका सुन्दरीहरू रहनेछन्।
२० मोडलले सहभागिता जनाउने सोमा ६ जना नेपाली हुनेछन् भने अन्य सबै विदेशी। के गरिरा डट कमले गर्न लागेको फेसन सोको कोरियोग्राफी इटालियन कोरियोग्राफर टिटोले गर्नेछन्। सोमा नेपाली परम्परागत गहना र पहिरन, पश्चिमा गहना र पहिरनका साथै क्रिस्चियन र हिन्दु दुलहीहरूले विवाहका समयमा लगाउने पहिरन र गहनाको समेत फेसन परेड हुनेछ।
11391419_659702700831572_8787556512586412915_n
सोका लागि नेपाली फेसन डिजाइनर विश्व गौतम, अमित बराल र केटी मारीले डिजाइन गर्दै छन्। ‘यो हामीले गर्न लागेको महत्त्वाकांक्षी र महत्त्वपूर्ण फेसन सो कार्यक्रम हो,’ पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक अर्चना थापाले भनिन्, ‘यसबाट अस्ट्रेलियामा रहेका नेपालीहरूलाई फेसनको क्षेत्रमा बाटो खुल्ने आशा गर्न सकिन्छ।’ उनले अस्ट्रेलियामा नेपालीहरूले गरेको आजसम्मकै सबैभन्दा ठूलो फेसन इभेन्ट हुने पनि दाबी गरिन्।
सिड्नीको एसएमसी कन्फरेन्स सेन्टरमा अगस्ट २९ तारिखमा हुने सोमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, मिस टिन अस्ट्रेलिया ग्लोबल सोनी टर्नर, मिस अस्ट्रेलिया बेस्ट मोडल लुइस ब्रोएङ लगायतको सहभागिता रहनेछ भने कार्यक्रमको गहना डिजाइन आरबी डायमण्ड ज्वेलर्स र टुगा बाई केजेडले गर्ने भएकी छन्। सोबाट संकलन हुने रकम अनाथहरूको सहयोगार्थ रहने आयोजकले जनाएको छ।

Post a Comment

 
Top