0


माघ १, २०७३- चर्चित र्‍यापर अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत भेटिएका छन् । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको उनी निकट श्रोतले जनाएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए ।

लन्डनस्थित नेपाली दूतावासले घट्नाको पुष्टि गर्दै यस सम्बन्धमा थप जानकारी खोजिरहेको बताएको छ । मृत्युको कारण र विस्तृत विवरण आउन बाँकी छ । पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको निधनबारे काठमाण्डौंमा परिवारलाई खबर भइसकेको जनाइएको छ ।

सन् १९८७, ३० मेमा जन्मिएका अधिकारीको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउँदै थियो ।मोरङ स्थायी घर भएका अधिकारीको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।

साभारः कान्तिपुर

Post a Comment

 
Top