0

रियो दिजेनेरियो (ब्राजिल), १ माघ । ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको सङ्क्रमण भेटिएपछि उक्त क्षेत्रमा स्वास्थ्य सङ्कटकालको घोषणा गरी स्थानीय जनतालाई रोगप्रति सचेत रहनु र शंकास्पद बिरामी भेटिएमा तत्काल उपचार सेवा लिन आग्रह गरिएको छ ।
शुक्रबार अपरान्ह्वासम्म उक्त क्षेत्रमा १३३ शङ्कास्पद बिरामी भेटिएका बताइएको छ । प्रान्तिय गभर्नर फर्नान्डो पिभेन्टले राज्यका तीन क्षेत्रमा अवस्थित १५२ शहरमा स्वास्थ्य क्षेत्रमा सङ्कटकालको घोषणा गरिएको बताए ।
अहिलेसम्म गाउँबाट प्राप्त नमूनामा मात्र एलो फिभरको प्रभाव देखिएको बताइएको छ । रासस÷सिन्ह्वा

Post a Comment

 
Top