0

सडकमा डोजर चल्दै, कहाँ-कहाँ हुँदैछ सडक विस्तार ?


आगामी ५ वर्ष भित्र उपत्याकाका सबै बाटाहरु २२ मिटर बिस्तार गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरणले काम थालेको छ । प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले भविश्य सम्मका लागि सोचेर सडक विस्तारमा सम्झौता नगर्ने नीति लिइएको प्रष्ट गरे । तिवारीका अनुसार पहिलो चरणमा फुटपाथ, साईकल लेन र मोटर बाटोका निम्ति काम थालीने छ ।

 तिवारी भन्छन्, ‘अहिलेका लागि २२ मिटर भनेको धेरै ठूलो बाटो हो, साना सवारी साधन (माईक्रो बस तथा टेम्पो) बिस्थापन गर्ने हो भने यही बाटोमा सिटी तथा मेट्रो रेलपनि कुदाउन सकिन्छ ।’ राज्यले भोलिका लागि सोच्नुपर्छ । भोलि २२ मिटरभन्दा चौडा सडक चाहिनसक्छ । त्यस्तो बेला थप विस्तार हुने तिवारीको भनाइ छ ।

अहिले त्रिपुरेश्वर देखि नागढुंगा, चावहिलदेखि जोरपाटी, जोरपाटीदेखि सुन्दरीजल, नख्खुदेखि खोकना, सातदोवाटोदेखि चापागााउंलगायतका सडक विस्तार जारी छ । ति ठाऊंमा २२ मिटर भित्र पर्ने सबै सरकारी तथा नीजि स्वामित्वका घर तथा अन्य संरचना निर्धक्कसंग भत्काईने उहाले बताउछन् ।

नारायणहिटीको गेटदेखी सितल निवास सम्मपनि २२ मिटरकै मापदण्ड लागू हुने उनको दाबी छ । यसअघि विवादका कारण स्थानियसंग समझदारी गरी सडकको चौडाइ केही कम गरिएको थियो । तिवारीले नियम बिपरत बाटोको जग्गा मिचेर बनाएका भौतीक संरचना भत्काउन कसैको मुख नहेरीने बताए ।

तिवारीका अनुसार घर जग्गाको प्रमाण नभएका, लामो समयदेखि कर नर्तीने, घरबेटी नै नभएका घरका तथाकथित घरधनीहरुले सडक निर्माण कार्यमा अवरोध गरीरहेका छन् । बास्तविक घरधनी र जग्गाधनी अधिकांशले सडक विस्तारमा सहयोगी भुमिका निर्वाह गरेको उनको अनुभव छ ।

 तिवारी भन्छन्, ‘सरकारले बिस्वास गरेर मलाई फेरी प्राधिकरणमा डाकेको छ, तसर्थ मेरो जोड केरुङबाट काठमाण्डौसम्म रेल कुदाउने, बाहिरी चक्रपथ बनाउने र मुख्य कुना कुनामा बसपार्क बनाउनमा रहने छ ।’ जब्बर प्रशासकको छबि बनाएका तिवारीले प्रतिबद्ध सुनिए, ‘विकासकालिाग कुनै सम्झौता गरिदैन् ।’

काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण योगदान गरेका तिवारी चैत्र ८ गते उमेर हदका कारण अवकास पाएका थिए । काठमाडौ जिल्लाको विकास आयुक्तका रुपमा अवकास पाएका तिवारीलाई सरकारले एक महिनापछि काठमाडौं उपत्यका शहरी विकास प्राधिकरणको आयुक्तको रुपमा राजनीतिक नियुक्ति दिएको हो ।

Post a Comment

 
Top